बिएल संवाददाता
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगकी अध्यक्ष लीलादेवी गडतौलाले नियमावलीको अभावका कारण काममा गति दिन नसकिएको बताएकी छन्।
बिहीबार काठमाडौमा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आयोग फिल्डमा गइहाल्ने अवस्था नभएको भन्दै नियमावली नहुँदा कामको गति रोकिएको बताइन्।
उनले भनिन्, ‘उपत्यका बाहिरका पीडितहरू छिटो गर्नुहोस् भन्दै हुनुहुन्छ। तर नियमावलीका कारण कामले गति लिन सकेको छैन। तुरुन्तै फिल्डमा गइहाल्ने अवस्था छैन। कार्यक्रमहरूको फरम्याट बनाउन सकिएको छैन। हाम्रो संयन्त्र कसरी परिचालन गर्ने भन्ने नै अन्योलता छ। यसमा सम्बन्धित निकायलाई घचघच्याइरहेका छौं।’
उनले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको नियमावलीमा पहिले चार वर्ष कार्ययोजना बनाउने र पछि प्रत्येक वर्षको कार्ययोजना बनाउने रहेको बताइन।
उनले भनिन्, ‘कार्ययोजना पहिले चार वर्षको बनाउने हो अनि चार वर्षपछि प्रत्येक वर्षको बनाउनुपर्छ भन्ने छ। हामीले आफैंले आफैलाई बाँधेर अघि बढ्ने हो। आफैंले आफैंलाई बाँधेनौं भने परिणाममा नपुग्न सक्छौं।’
उनले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगबीच समन्वय गरी काम अघि बढाउने पनि बताइन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया