बिएल संवाददाता
नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले रास्वपाले सभापति रवि लामिछानेको पक्षमा सुरु गरेको हस्ताक्षर अभियानप्रति असन्तुष्टि जनाएका छन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत विश्वकर्माले रास्वपाले पार्टी स्थापना दिवसको अवसर पारेर सभापतिको पक्षमा थालेको हस्ताक्षर अभियानप्रति प्रश्न उठाएका हुन्।
उनले अदालतमा विचाराधिन मुद्दामा संसदमा समेत प्रश्न गर्न नपाइने व्यवस्ता रहेकोमा अदालतको निर्णयको विरुद्धमा गरिएको प्रदर्शन र हस्ताक्षर अभियानले कस्तो न्याय प्रणाली स्थापना गर्ला? भन्दै प्रश्न गरेका छन्।
‘अदालतमा विचाराधिन विषयमा संसदमा त प्रश्न गर्न नपाईने संवैधानिक व्यवस्था छ भने, अदालतको निर्णयविरुद्ध सडकमा गरिएको प्रदर्शन र हस्ताक्षर अभियानले कस्तो न्याय प्रणाली स्थापित गर्ला? के नेपाली जनताले खोजेको नयाँ शक्ति भनेको यस्तै नै हो? अनि हस्ताक्षर बुझाउने कहाँ? तत्पश्चात हस्ताक्षरका आधारमा कसले के निर्णय गर्ला?’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया