बिएल संवाददाता
नेकपा एकीकृत समाजवादीले अध्यक्ष माधवकुमार नेपालमाथि राजनीतिक प्रतिशोध साँधेको निष्कर्ष निकालेको छ।
शुक्रबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले पताञ्जली जग्गा हिनामिना प्रकरणमा अध्यक्ष नेपालमाथि षड्यन्त्रपूर्वक मुद्दा दायर गरिएको निष्कर्ष निकालिएको उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिए।
’विद्रोह गरेर नयाँ पार्टी स्थापना गरेदेखि हामीमाथि निशाना साँधिँदै आएको छ। त्यही व्यक्तिहरूले नै अध्यक्षमाथि राजनीतिक षड्यन्त्र गरेका हुन्,’ उनले भने।
उपाध्यक्ष ज्वालाले आफूहरूले विद्रोह गरेर नयाँ पार्टी जन्माएसँगै निशानामा पर्दै आएको बताए। उनले पताञ्जली जग्गा हिनामिना प्रकरणमा कानुनी उपचारका निम्ति लडिरहने निष्कर्ष बैठकको रहेको बताए।
अध्यक्ष नेपालले जिम्मेवारीबाट राजीनामा दिने विषयमा छलफल भइनसकेको पनि उनले बताए।
उनले भने, ’त्यस विषयमा छलफल भएको छैन। उहाँले बैठकको अध्यक्षता गर्दै हुनुहुन्छ। संसदीय दलको बैठकबाट संसदीय दलको नेताबारे छलफल होला। अहिले त्यस्तो केही भएको छैन।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एसका अध्यक्ष नेपालमाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। गत बुधबार भएको थुनछेक बहसपछि विशेष अदालतले नेपाललाई ३५ लाख धरौटीमा छाड्ने आदेश गरेको थियो।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया