बिएल संवाददाता
नेकपा एकीकृत समाजवादीले अध्यक्ष माधवकुमार नेपालमाथि राजनीतिक प्रतिशोध साँधेको निष्कर्ष निकालेको छ।
शुक्रबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले पताञ्जली जग्गा हिनामिना प्रकरणमा अध्यक्ष नेपालमाथि षड्यन्त्रपूर्वक मुद्दा दायर गरिएको निष्कर्ष निकालिएको उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिए।
’विद्रोह गरेर नयाँ पार्टी स्थापना गरेदेखि हामीमाथि निशाना साँधिँदै आएको छ। त्यही व्यक्तिहरूले नै अध्यक्षमाथि राजनीतिक षड्यन्त्र गरेका हुन्,’ उनले भने।
उपाध्यक्ष ज्वालाले आफूहरूले विद्रोह गरेर नयाँ पार्टी जन्माएसँगै निशानामा पर्दै आएको बताए। उनले पताञ्जली जग्गा हिनामिना प्रकरणमा कानुनी उपचारका निम्ति लडिरहने निष्कर्ष बैठकको रहेको बताए।
अध्यक्ष नेपालले जिम्मेवारीबाट राजीनामा दिने विषयमा छलफल भइनसकेको पनि उनले बताए।
उनले भने, ’त्यस विषयमा छलफल भएको छैन। उहाँले बैठकको अध्यक्षता गर्दै हुनुहुन्छ। संसदीय दलको बैठकबाट संसदीय दलको नेताबारे छलफल होला। अहिले त्यस्तो केही भएको छैन।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एसका अध्यक्ष नेपालमाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। गत बुधबार भएको थुनछेक बहसपछि विशेष अदालतले नेपाललाई ३५ लाख धरौटीमा छाड्ने आदेश गरेको थियो।
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
प्रभु बैंककी ‘लेडी बोस्’– सीईओलाई प्रभावमा पारेर बन्दैछिन् डेपुटी, यसरी डुबाउँदैछिन् बैंक
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया