बिएल संवाददाता
रास्वपा सांसद सुमना श्रेष्ठले नेकपा एमालेकी सांसद ईश्वरी जीएमको तारिफ गरेकी छन्।
आइतबार प्रारम्भिक शिक्षा तथा बालविकासबारे शिक्षा समितिमा भएको छलफलमा सांसद घर्तीले प्रारम्भिक बालविकास शिक्षकका लागि उठाएको आवाज अत्यन्तै महत्त्वपूर्ण रहेको भन्दै धन्यावाद दिएकी हुन्।
उनले सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘आज म सांसद ईश्वरी घर्ती मगरज्यूलाई खुला हृदयका साथ धन्यवाद दिन चाहन्छु। वहाँले आज समितिमा प्रारम्भिक बालविकास शिक्षकका लागि उठाउनु भएको आवाज अत्यन्तै महत्त्वपूर्ण थियो। वहाँले सबैलाई याद दिलाउनु भयो कि प्रारम्भिक बालविकासमा कार्यरत अधिकांश महिला छन्। यदी भोलि त्यहाँ महिलाको ठाउँमा पुरुष शिक्षक राख्ने हो भने प्रारम्भिक बालविकास चल्न सक्ने नै थिएन। यसरी अधिकांश महिला कार्यरत रहने पेशामा राज्यबाट विभेद गर्न पाइन्न भन्नुभयो।’
उनले थपेकी छन्, ‘वहाँको यो बुलन्द आवाजका लागि, म आफू महिला भएको नाताले पनि सबै महिला दिदीबहिनीको तर्फबाट धन्यवाद दिन चाहन्छु।’
सुमनाले समितिमा एक जना सांसद बाहेक सबैले एकमतका साथ- ‘प्रारम्भिक बालविकास पढाउने सबैलाई शिक्षक नै भनिनु पर्छ र वहाँहरूको वृत्ति विकासको पनि अवसर सिर्जना गर्नुपर्छ’ भन्ने आवाज राखेको पनि बताइन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया