बिएल संवाददाता
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद विनोद चौधरीले नेता डा. शेखर कोइरालाप्रति कटाक्ष गरेका छन्।
आफूलाई केन्द्रीय सदस्य हुन योग्यता नपुगेको भन्दै नेता कोइरालाले सोमबार केन्द्रीय समितिमा दिएको अभिव्यक्तिको चौधरीले मंगलबार केन्द्रीय समितिमै प्रतिवाद गरेका हुन्।
कांग्रेसको विधानअनुसार कांग्रेस विधान अनुसार केन्द्रीय सदस्यको उम्मेदवार हुन १० वर्ष क्रियाशील सदस्य हुनुपर्ने व्यवस्था भएपनि चौधरीलाई बिना योग्यता केन्द्रीय सदस्य बनाइएकोप्रति कोइरालाले सभापति शेरबहादुर देउवालाई प्रश्न गरेका थिए।
चौधरीले भने प्रतिनिधि सभा निर्वाचनमा आफूलाई हराउन कोइराला पक्षले हृदयश त्रिपाठीलाई सघाएको आरोप लगाउँदै उनीजस्ता मान्छेले भोलिका दिनमा कांग्रेसको नेतृत्व गर्न कसरी सक्छ? भन्दै प्रश्न गरे।
चौधरीले भने, ‘मलाई हराउन हृदयश त्रिपाठीलाई सघाउन बुथमै मान्छे उतारियो। मलाई हराउन खटाइएका लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल बोकेर हिंड्ने नेताले यो पार्टीलाई हाँक्ने हो भोलिको दिन?नेतृत्व गर्ने?’ चौधरीले कोइरालालाई प्रश्न गरे।
उनले थप प्रश्न गरे, ‘कांग्रेसमा निजी क्षेत्रका हामीजस्ता अगुवाहरूको भूमिका के हो? हामीजस्ता व्यक्तिहरूलाई भित्र्याउने हो कि रोक्ने हो? गुटको राजनीतिका नाममा हामीजस्ता मान्छेलाई छेक्न खोजेको?’
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया