बिएल संवाददाता
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद विनोद चौधरीले नेता डा. शेखर कोइरालाप्रति कटाक्ष गरेका छन्।
आफूलाई केन्द्रीय सदस्य हुन योग्यता नपुगेको भन्दै नेता कोइरालाले सोमबार केन्द्रीय समितिमा दिएको अभिव्यक्तिको चौधरीले मंगलबार केन्द्रीय समितिमै प्रतिवाद गरेका हुन्।
कांग्रेसको विधानअनुसार कांग्रेस विधान अनुसार केन्द्रीय सदस्यको उम्मेदवार हुन १० वर्ष क्रियाशील सदस्य हुनुपर्ने व्यवस्था भएपनि चौधरीलाई बिना योग्यता केन्द्रीय सदस्य बनाइएकोप्रति कोइरालाले सभापति शेरबहादुर देउवालाई प्रश्न गरेका थिए।
चौधरीले भने प्रतिनिधि सभा निर्वाचनमा आफूलाई हराउन कोइराला पक्षले हृदयश त्रिपाठीलाई सघाएको आरोप लगाउँदै उनीजस्ता मान्छेले भोलिका दिनमा कांग्रेसको नेतृत्व गर्न कसरी सक्छ? भन्दै प्रश्न गरे।
चौधरीले भने, ‘मलाई हराउन हृदयश त्रिपाठीलाई सघाउन बुथमै मान्छे उतारियो। मलाई हराउन खटाइएका लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल बोकेर हिंड्ने नेताले यो पार्टीलाई हाँक्ने हो भोलिको दिन?नेतृत्व गर्ने?’ चौधरीले कोइरालालाई प्रश्न गरे।
उनले थप प्रश्न गरे, ‘कांग्रेसमा निजी क्षेत्रका हामीजस्ता अगुवाहरूको भूमिका के हो? हामीजस्ता व्यक्तिहरूलाई भित्र्याउने हो कि रोक्ने हो? गुटको राजनीतिका नाममा हामीजस्ता मान्छेलाई छेक्न खोजेको?’
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया