बिएल संवाददाता
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संसदको सर्वसहमति भएका समितिबाट पास भएका विधेयक संसदमा आउँदा हेरफेर हुनु अपराध भएको बताएका छन्।
मंगलबार वरिष्ठ लेखक तथा सुप्रसिद्ध साहित्यकार मधुसुदन पाण्डेयद्धारा लिखित, अनुदित, सम्पादित तथा सहलिखित ‘शताधिक पुस्तक लोकापर्ण समारोह २०८२’ कार्यक्रममा बोल्दै उनले कुलिङ पिरियड हटाउने कुरा अपराध भएको र कसैलाई क्षम्य नहुने बताएका हुन्।
उनले भने, ‘हामी कति गन्धा खेल खेलिरहेका छौं भन्ने कुरा अहिलेको घट्नाले पुष्टि गरेको छ। संसदको समितिबाट सर्वसहमतिमा पास हुन्छ अनि संसदमा आइसकेपछि हेरफेर हुन्छ। त्यो त सरासर अपराधिक काम हो। को दोषी हो म भन्न सक्दिनँ। मलाई थाहा हुँदैन तर जो पनि दोषी हुन्छ उनीहरूलाई क्षम्य गर्न हुँदैन। यस्तो गर्न थाल्यो भने देश कता जान्छ?’
त्यस्तै कोइरालाले कुलिङ पिरियड हटाएको विषयमा सांसदहरूको पनि कमजोरी रहेको बताउँदै सांसदहरूको पढ्ने बानी नभएकोले यस्तो अवस्था आएको जिकिर गरे। कोइरालाले राजनीति गर्नेहरू निष्ठावान हुनुपर्ने बताए।
उनले भने, ‘हामी सांसदहरूको पनि कमीकमजोरी छ, हामीले पनि पढ्नुपर्थ्यो। पढ्ने बानी त हाम्रो पनि छैन। पहिल्यै थियो कि लास्टमा बाँड्ने क्रममा थपिएको हो कि?’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया