बिएल संवाददाता
जिल्ला अदालत काठमाडौंले पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालतले आदेश दिएको छ।
बिहीबार न्यायाधीश खेमराज भट्टको इजलासमा भएको बयान र थुनछेक बहसपछि पाठकलाई धरौटीमा छाड्न आदेश भएको हो।
विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसुरमा उनी आफैं अदालतमा हाजिर भएका थिए।
पाठकविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा एक लाख जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजायको मागदाबी गर्दै सरकारी वकिलको कार्यालयले सोमबार अदालतमा मुद्दा दायर गरेको थियो।
हिल्टन होटलमा कांग्रेस सभापति देउवा पुत्र जयवीर देउवाको पैसा लागानी रहेको शीर्षक राखेर युट्युब च्यानलमा रिपोर्ट प्रसारण गरेको आरोपमा पाठकविरुद्ध परिवर्तित नाम ‘साइबर ब्युरो ५९’ ले आफूविरुद्ध घृणा, द्वेष फैलाएर चरित्रहत्या गरेको भन्दै साइबर ब्युरोमा उजुरी दिएका थिए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया