बिएल संवाददाता
कुलिङ अफ पिरियडसम्बन्धी व्यवस्था फेरबदल गरेको विषयमा छानिबन समिति गठन हुने भएको छ।
‘संघीय निजामती सेवा विधेयक २०८०’ को कुलिङ अफ पिरियडसम्बन्धी व्यवस्था फेरिएको विषयमा छानबिन समिति गठन गर्नेबारे सभामुख देवराज घिमिरेले प्रमुख दलका सचेतकहरूसँग छलफल गरेका छन्।
सभामुख घिमिरेले बिहीबार अपरान्ह सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा उपसभामुखसहित एमाले, कांग्रेस र माओवादी केन्द्रका प्रमुख सचेतकसँग छलफल गरेका हुन्।
प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १८० बमोजिमको समिति गठन गर्न प्रस्ताव गर्दै सभामुखले समितिको टीओआर, समयसीमा र सदस्यहरूको नामावली उपलब्ध गराउन आग्रह गरेका बताइएको छ। दलहरू संसदीय छानबिन समिति बनाउने पक्षमा सुझाव दिएका छन्।
सचेतकहरूले दलमा छलफल गरेर जानकारी गराउने बताएका छन्। आगामी प्रतिनिधि सभा बैठक अगावै समिति टुंग्याउने दलहरूको तयारी छ।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया