बिएल संवाददाता
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले भ्रष्टाचारको संरक्षण गर्ने प्रवृत्तिमाथि आक्रामक टिप्पणी गरेका छन्।
बैठकमा धारणा राख्दै शिवाकोटीले कांग्रेसभित्रैबाट पार्टीको आत्माकुण्ठित हुने अवस्था सिर्जना भएको आरोप लगाए। उनले पार्टीप्रति जनस्तरमा चुलिँदै गएको असन्तोषको चेतावनी सुनाए।
शिवाकोटीले भ्रष्टाचारको आरोप लागेका नेताहरूको रक्षामा पार्टी नेतृत्व मौन बसेको आरोप लगाए।
उनले संसदबाट निलम्बन भएका व्यक्तिहरूले केन्द्रीय समिति बैठकमै नेतामाथि विषवमन गर्ने, धम्क्याउने र मर्यादा भंग गर्ने शैलीले कांग्रेसको चरित्रमै धक्का पुगेको बताए। ‘बैठकमा धृतराष्ट्रको सभामा द्रौपदीको चीरहरण झैं भयो,’ उनले टिप्पणी गरे।
उनले नेता मोहन बस्नेतको अभिव्यक्तिलाई लक्षित गर्दै भने, ‘ठाउँको ठाउँ पर्ला, गाह्रो पर्ला’ जस्ता हिंस्रक अभिव्यक्ति दिनेलाई रोक्न सकिँदैन भने कांग्रेस कुन अराजक अभ्यासतिर गइरहेको हो?’
शिवाकोटीले महामन्त्री गगन थापाविरुद्ध देखिएको नियोजित आक्रमणको पनि स्पष्ट शब्दमा विरोध गरे। रास्वपा सभापति रवि लामिछानेको भेरियन्ट बस्नेतमा देखिएको उनले टिप्पणी गरे। ‘रवि लामिछानेको शैलीमा धम्क्याउँदै फाइल छ भनेर थर्काउने शैली कांग्रेसभित्र दोहोरिनु दुखद हो। लामिछानेकै फोटोकपी शैलीमा प्रस्तुत भएका बस्नेतज्यूलाई मेरो आग्रह छ थापामाथि भ्रष्टाचारको प्रमाण भए कानुनी प्रक्रिया किन अघि नबढाएको? थापाले भ्रष्टाचार गरेको फाइल छ भने किन अनुसन्धान गर्ने सम्बन्धित निकायमा नदिएको?’
शिवाकोटीले सभापति शेरबहादुर देउवालाई समेत लक्षित गर्दै नेतृत्वको निष्क्रियताले पार्टी कमजोर बनेको आरोप लगाए।
‘सभापतिज्यू, तपाईंसँग रिटायरमेन्टको संकेत दिनुभएको छ, तर असक्षम भ्रातृ संस्थाका नेतृत्वलाई कहिले रिटायर गरिन्छ?’ भन्दै उनले नेविसंघ, तरुण दल, महिला संघलगायत संरचना ठप्प भएकोप्रति गम्भीर आपत्ति जनाए।
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया