बिएल संवाददाता
सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले बर्खास्त गरेपछि गठबन्धनप्रति नाउपा चिढिएको छ।
आफ्नो पार्टीसँग छलफल नै नगरी मन्त्रीलाई बर्खास्त गर्नु असंवैधानिक, अपमानजनक, र दुर्भाग्यपूर्ण रहेको भन्दै सरकारबाट बाहिरिने निर्णयमा नाउपाका नेताहरू पुगेका छन्।
पावर टिलर वितरणमा अनियमितता गरेको आरोप लागेपछि मन्त्री चौधरीलाई मुख्यमन्त्री शाहले बिहीबार बर्खास्ती गरेका थिए।
मन्त्रीको बर्खास्ती लगत्तै नाउपाका संरक्षक रेशम चौधरीले अब आफ्नो पार्टी प्रतिपक्षमा बस्ने बताएका थिए। ‘अब हामी प्रतिपक्षमा बस्छौं। जेलबाट हुण्डी खाने सर्वहाराहरू सामाजिक संजालमा कराउँदैछन्’ भन्दै उनले सामाजिक संजालमार्फत आक्रोश पोखेका थिए।
नाउपा अध्यक्ष रञ्जिता चौधरीले पनि पार्टीभित्र गहिरो छलफल र पार्टी संरक्षक माननीय रेशम चौधरीज्यूको दृढ मार्गदर्शन अनुसार, नागरिक उन्मुक्ति पार्टी अब प्रतिपक्षको भूमिकामा बस्ने निर्णयमा पुगेको बताएकी छन्।
‘पछिल्लो समय, सुदूरपश्चिम प्रदेशमा हाम्रो पार्टीका माननीय मन्त्रीलाई कुनै औपचारिक संवाद, कारण वा प्रक्रिया विना हटाइएको कार्य- केवल असंवैधानिक होइन, अपमानजनक र अत्यन्त दुर्भाग्यपूर्ण छ। हामी यो कदमलाई सत्ता घमण्ड, मनपरी र लोकतान्त्रिक मूल्यमाथिको अपमानको रूपमा लिन्छौं,’ रञ्जिता भन्छिन्।
उनले सरकारबाट बाहिरिने निर्णय जनताको म्यान्डेट, पार्टीको सम्मान, र जननिर्वाचित प्रतिनिधिहरूमाथिको गरिमाको संरक्षणका लागि गरिएको सैद्धान्तिक र दूरदर्शी कदम भएको जिकिर गरेकी छन्। उनले पार्टीका सांसदहरू नाउपाको इज्जत भएको बताएकी छन्।
उनले भनेकी छन्, ‘उनीहरूको बेइज्जती पार्टीको बेइज्जती हो, र पार्टीप्रति जनताको विश्वासमाथिको अवमूल्यन हो। अब, हामी सदनमा प्रतिपक्षको भूमिकामा दृढताका साथ उभिनेछौं।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया