बिएल संवाददाता
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूले भ्रष्टाचार गरेको तथ्य प्रमाण प्रस्तुत भए जुनसुकै बलिदान गर्न तयार भएको बताएका छन्।
शुक्रबार नेकपा (एकीकृत समाजवादी) विद्यार्थी जिल्ला कमिटीको पाचौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले धर्तीको एकजना मान्छेले माधव नेपालले भ्रष्टाचार गरेको छ भनेर तथ्य प्रमाण प्रस्तुत गर्ने हो भने जुनसुकै बलिदान गर्न पनि तयार रहेको बताए।
उनले भने, ‘पार्टीका बारेमा केही मानिसले नकारात्मक टिप्पणीहरू गर्ने गरेका छन्। कसैले यो पार्टी चल्दैन भन्छन्, कसैले टिक्दैन भन्छन्। मेरो एउटा मान्यता छ, नबिराउनु, नडराउनु। बिराएको छैन भने डराउनु पर्दैन। यो धर्तीको एक जना मान्छेले माधव नेपालले भ्रष्टाचार गरेको छ भनेर तथ्य प्रमाण प्रस्तुत गरोस् जुनसुकै बलिदान गर्न पनि तयार छु।’
यस्तै, उनले जीवनमा चुनौतीहरूको सामना गर्ने आँटका साथ अगाडि बढ्नुपर्ने भन्दै अनुशासन, नियम र विधिको शासनमा अगाडि बढ्ने बताए।
उनले भने, ‘मैले भन्ने गरेको छु। म अनुचित कुराको पक्षमा कहिले पनि रहदिनँ, म जहिले पनि अनुशासन र नियमको पालना गर्ने, विधिको पालना गर्ने, प्रक्रियालाई सम्मान गर्ने, कहिले पनि बदलाको भावनामा नहिड्ने, सबैलाई समेटेर लाने खालको मान्छे हुँ। अनि मलाई भन्छन् तपाई मान्छे चिन्नु हुँदैन। जीवनमा यस्ता चुनौतीहरू आइरहन्छन्, यी चुनौतीको सामना गर्ने आँटका साथ अगाडि बढ्नुपर्छ।’
कुभलो चिताउने, कुभलो गर्ने व्यक्तिवाद प्रवृत्तिलाई पराजित गर्दै अगाडि बढ्नुपर्ने पनि उनको भनाइ छ।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया