बिएल संवाददाता
नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले पार्टीभित्र एकले अर्कालाई खुइल्याउने र कमजोर पार्ने प्रयास भइरहेको भन्दै आपत्ति जनाएका छन्।
जारी केन्द्रीय समितिको शुक्रबारको बैठकमा खतिवडाले पार्टी सभापति, उपभापति, महामन्त्रीलगायत केन्द्रीय सदस्यलगायतलाई पार्टीकै सदस्यहरूबाट खुइल्याउने र कमजोर पार्ने काम भइरहेको बताए।
उनले जारी बैठकमा आरोप-प्रत्यारोप चलिरहेको र यस्तो आरोप जारी रहे जनता र कार्यकर्तामा नकारात्मक सन्देश जाने भन्दै पार्टी पंक्तिलाई उनले सचेत गराए।
पार्टीको नेतृत्व र पदाधिकारी कमजोर भए कोही बलियो नहुने भन्दै खतिवडाले कसैलाई खेदेर पार्टी बलियो नहुने जिकिर गरे।
उनले भने, ‘आरजु देउवा होस् वा बालकृष्ण खाँण, चाहे मोहनबहादुर बस्नेत, रमेश लेखक जोसुकै होस्, कसैले कसैलाई खेदेर पार्टी बलियो हुँदैन, झन कमजोर हुन्छ,’ उनले थपे, ‘पार्टीमा गगन थापा कमजोर भए अरू को बलियो हुन्छ?’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया