बिएल संवाददाता
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न काठमाडौंस्थित उनकै निवास बुढानिलकण्ठ पुगेका छन्।
मुख्यमन्त्रीले शाहले आफ्नो पार्टीका मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि नागरिक उन्मुक्ति पार्टीले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। सोही विषय र प्रदेश सरकारको बजेट पारित र सरकारका गतिविधिबारे छलफल गर्न मुख्यमन्त्री शाही सभापति देउवालाई भेट्न काठमाडौं आएका हुन्।
शनिबार भएको भेटवार्ताका क्रममा शाहीले नाउपाका मन्त्रीलाई कारबाही गर्नुको कारण र पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमको बारेमा विस्तृतमा सुनाएका थिए।
प्रदेश सरकारबाट बाहिरिएको नाउपाले संघ सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने तयारी गरेको छ। जसका लागि नाउपाले आइतबार बिहान १० बजेका लागि संसदीय दलको बैठक बोलाइसकेको छ।
भेटवार्ताका क्रममा देउवाले मुख्यमन्त्री शाहलाई प्रदेश सरकारको गठबन्धनमा देखिएका समस्याहरू वार्ता र संवादमार्फत हल गर्न सुझाव दिएका थिए। देउवाले नाउपाको मन्त्री बर्खास्त भएको ठाउँमा नाउपाबाटै मन्त्री बनाउने गरी अघि बढ्न सुझाव दिएका उनको सचिवालयले जनाएको छ।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया