बिएल संवाददाता
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह भर्खरै एमालेबाट सक्रिय राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न उनकै निवास पुगेका छन्।
मेयर शाह गत बिहीबार पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न उनकै निवास पुगेको खुलेको हो। भेटवार्ता बारे दुवै पक्षले हालसम्म विस्तृत जानकारी खुलाएको छैन।
बालेनको सचिवालय स्रोतका अनुसार उनीहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ।
ओलीलाई चुनौती दिँदै एमाले राजनीतिमा फर्किएकी भण्डारीको बालेनसँगको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ। एकातिर बालेन र ओलीबीच आरोप-प्रत्यारोप चलिरहेका बेला बालेन-विद्या भेटवार्ताले ओली समूहमा हलचल सुरु भएको छ।
बालेनको आलोचनामा रमाउने ओलीइतर समूहले पनि बालेन-विद्या भेटवार्तालाई सकारात्मक रुपमा लिएका छन्।
एक केन्द्रीय सदस्य भन्छन्, ‘ओली कमरेड लोकप्रिय राजनेता हुनुहुन्छ। बालेन पनि महानगरमा चर्चित हुनुहुन्छ। ओलीले बालेनको कामकारबाहीमा भाँजो हाल्ने गरेको सत्य हो। यसले एमालेलाई नै घाटा भएको निष्कर्षसहित पूर्वराष्ट्रपति विद्या कमरेडमार्फत बालेन-एमाले सम्बन्ध सुधारको पहल सुरु भएको हुनुपर्छ।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया