बिएल संवाददाता
‘संघीय निजामती सेवा विधेयक २०८०’को कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा छेडखानी भइकझ विषयमा छानिबनका लागि संसदीय छानबिन समिति गठन हुने भएको छ।
सोमबार प्रतिनिधिसभा बैठकअघि सभामुख देवराज घिमिरेसँग दलका प्रमुख सचेतकहरूको छलफलपछि कांग्रेसको नेतृत्वमा बन्ने सात सदस्यीय समितिमा रहने सदस्यको नाम टुंगो लगाएको हो।
त्यस्तै समितिको नाम ‘संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समिति’ जुराइएको छ।
७ सदस्यीय समितिमा कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, एमालेबाट नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, माओवादीबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली, राप्रपाबाट रोशन कार्कीको नाम पठाइएको छ।
आजकै प्रतिनिधि सभाबाट संसदीय समिति गठन गर्ने तयारी छ। समितिलाई छानबिनका लागि २१ दिनको समय दिइनेछ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया