बिएल संवाददाता
जुम्लाबाट प्रतिनिधित्व गर्ने नेकपा (माओवादी केन्द्र)की समानुपातिक सांसद छिरिङल्यामु लामाको चरित्र हत्या गरेको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका युवा नेता रमेशबहादुर बाग पक्राउ परेका छन्।
राप्रपानिकट प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय सदस्य बागलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आइतबार पक्राउ गरेको हो। उनलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अदालतबाट अनुमति पाएको छ।
सांसद लामाले एआईको माध्यमबाट भिडियो बनाएर आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले बागले सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपसहित उजुरी दिएको ब्यूरो स्रोतले जनाएको छ।
गत असार १९ गते बागले सांसद लामाले एक युवकसँग ओठमा चुम्बन गरिरहेको टिकटक भिडियो आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेका थिए।
बागले सेयर गरेको टिकटक भिडियो chiring12sep नामको टिकटक अकाउन्टमा पोस्ट गरेको देखिन्छ। उक्त अकाउन्ट सांसद लामाकै भएको र आफूले सोही अकाउन्टको भिडियो फेसबुकमा सेयर गरेको बागले प्रहरीसमक्ष बयान दिएका छन्।
जनआस्था साप्ताहिकले पनि गत बुधबार सांसद लामाको चुम्बनसहितको तस्बिर पाठकपत्रमार्फत सार्वजनिक गरेको थियो।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया