बिएल संवाददाता
सर्वोच्च अदालका नवनियुक्त तीन न्यायाधीशले सपथ लिएका छन्।
मंगलबार नवनियुक्त न्यायाधीशहरू श्रीकान्त पौडेल, शान्तिसिंह थापा र मेघराज पोखरेलले सपथ ग्रहण गरेका हुन्। सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले तीन न्यायाधीश नियुक्त गरेका थिए।
मंगलबार सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले नवनियुक्त न्यायाधीशहरू पौडेल, थापा र पोखरेलले सपथ ग्रहण गराए।
न्याय परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिबाट सोमबार अनुमोदन गरिएका उनीहरूलाई राष्ट्रपतिले नेपालको संविधानको धारा १२९(२) बमोजिम नियुक्त गरेका थिए।
शपथ समारोहमा प्रधानन्यायधीश सिंह राउतले नवनियुक्त न्यायाधीशहरू जनताको लागि इमान्दारिताका साथ खटिने आशा गरेको बताए। उनले थप उर्जाका साथ छिटोछरितो रुपले काम गर्ने पनि विश्वास व्यक्त गरे।
प्रधानन्यायाधीशले भने, ‘न्यायिक सेवा छिटोछरितो प्रभावकारी बनाउन सरकारले दिएको दायित्व निर्वाह गर्नुपर्नेछ। संविधानले व्यवस्था गरेको २१ जनामध्ये अहिले हामी २० जना भएका छौं। अब २० जनाले काम गर्दा परिणाम राम्रो आउनेछ। एकदमै उर्जावान न्यायधीशहरूलाई नियुक्त गर्ने अवसर मिलेको छ।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया