बिएल संवाददाता
गृहमन्त्री रमेश लेखकले सहकारी ठगी मुद्दामा जेलमा रहेका रास्वपा सभापति रवि लामिछाने भिजिट भिसामा अमेरिका गएर भिसाको दुरुपयोग गर्दै उतैको नागरिकता लिएको आफूले सुनेको बताएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्री लेखकले भिजिट भिसामा अमेरिका गएर नागरिकता लिनु भिजिट भिसाको दुरुपयोग हो होइन? भन्दै प्रश्न गर्दै यसको वास्तविकता खुलाउन रास्वपासँग आग्रह गरे।
‘रवि लामिछानेजी यो सदनको सदस्य। कुनै समयमा अमेरिकामा भिजिटरको रूपमा जानु भएको थियो। भिजिटर भनेको भिजिट भिसा नै हो। उहाँ भिजिट भिसा या भिजिटरको रूपमा जानु भएको होइन भने के भिसामा जानु भएको हो जानकारी गराइदिनु होला’ लेखकले संसद्मा भने, ‘भिजिट भिसामा गएकोले त्यसै देशको नागरिकता लिएर बस्न पाइछ कि पाइँदैन? त्यो दुरुपयोग हो कि होइन?’
उनले थपे, ‘भिजिट भिसाको दुरुपयोग गर्ने पार्टीका कार्यकर्ताका नेताले अरूलाई नैतिकताको पाठ पढाउनु हुन्छ कि हुँदैन?’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया