बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका बुधबारेस्थित भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्घाटन गरेका छन्।
दुईदिने पूर्व भ्रमणका क्रममा शनिबार झापा पुगेका ओलीले नेपालकै पहिलो तत्कालीन प्रधानपञ्च भागीरथा न्यौपानेको नाम जोडिएको अस्पतालको उद्घाटन गरेका हुन्।
सो आधारभुत अस्पताल १० शय्याको रहेको छ। अस्पतालले दैनिक चार सयलाई सेवा दिनेछ।
प्रधानमन्त्री ओलीले पुरानो पुस्ताको आदर्श व्यक्तित्व भागीरथाका सन्तानले जग्गा दान दिएर अस्पताल बन्न सकेको उल्लेख गर्दै मर्दा कसैले केही नलाने भएकोले भागीरथाहरूको प्रेरणाबाट सामाजिक सेवामा लाग्न आग्रह गरे।
उनले अस्पतालको क्षमतावृद्धिका लागि सरकारले सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।
प्रधानमन्त्री ओली आज र भोलि झापा र इलाममा हुने विभिन्न कार्यक्रममा सहभागी हुने छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया