बिएल संवाददाता
कांग्रेस नेता अफ्ताव आलमलाई उन्मुक्ति दिएको भन्दै न्यायाधीशहरूलाई कालोमोसो दल्ने नेकपा (बहुमत)का नेताहरूलाई पार्टीले सम्मान तथा अभिनन्दन गरेको छ।
शनिबार राजधानीको संवाद डबलीमा पार्टीको ३ नम्बर ब्यूरो (बागमती प्रदेश)ले पत्रकार सम्मेलन गरी स्वागत तथा अभिनन्दन गरेको हो।
पार्टीका स्थायी समिति सदस्य उदयबहादुर चलाउने‘दिपक’ले गरिब तथा निमुखा जनताको न्यायको लागि जोखिम उठाएर हिम्मत गरेको भन्दै नेताहरूलाई बधाई तथा धन्यबाद दिए। चलाउनेले पछिल्लो समयमा राज्यका तीनवटै अंगहरूमा भ्रष्टाचार चरमचुलीमा पुगेको बेला आफ्नो पार्टीले त्यसविरुद्ध नयाँ अभियान चलाएको पनि बताए।
जनताले सहीप्रकारको जनउत्तरदायी न्यायप्रणाली र अदालत नभएपछि आफ्नो पार्टी त्यसविरुद्ध लागेको दाबी गर्दै भने, ‘जहाँ-जहाँ जनतामाथि अन्याय र अत्याचार हुन्छ, त्यहाँ-त्यहाँ नेकपा (बहुमत) उपस्थित हुन्छ, र हिम्मत गर्ने कमरेडहरूलाई सलाम छ।’
पार्टीका २ नम्बर ब्यूरो इन्चार्ज बाबुराम गजमेरले कालोमोसो दलेर जनपक्षीय कार्य गर्ने आफ्ना सहनेताहरूलाई बधाई दिए। गजमेरले देश र जनतामाथि संसदवादी पार्टी र उनीहरूको भ्रष्टाचार तथा बेथिती र अत्याचारविरुद्ध आफ्नो पार्टी लड्ने प्रतिबद्धता जनाए। समाजवादी व्यवस्थाले मात्रै देश र जनताले भोग्नु परेको अहिलेको समस्याबाट मुक्ति पाउने गजमेरको ठम्याई छ।
कलोमोसो टोलीका सदस्य तथा पार्टीका केन्द्रीय सदस्य अभिनाश कुँवरले २४ दिने प्रहरी हिरासत र ४ दिने कारागार बसाईंले धेरै कुरा सिकाएको बताउँदै भने, ‘हाम्रो बन्द पर्खालको बसाईं उत्साहप्रद रह्यो, जनताको लागि कालोमोसो मात्रै हैन अपराधीहरूलाई त्योभन्दा माथिको कारबाही गर्न तयार छौं।’
सो टोलीका अर्का सदस्य तथा पार्टी केन्द्रीय सदस्य पदम मगरले देशमा अन्याय र अत्याचारले सीमा नाघेको बताउँदै त्यसविरुद्ध निडर भएर अगाडि बढ्ने प्रतिबद्धता जाहेर गरे।
गत जेठ २९ गते विरगञ्ज उच्च अदालतको इजलासभित्रै अभिनाश कुँवर, पदम मगर र गर्भू महतोले न्यायाधीश द्वोय खुसिराम थारु र अर्जुन महर्जनलाई कालोमोसो छ्यापेका थिए। आलमले उन्मुक्ति पाए लगत्तै विभिन्न राजनीतिक दल, पूर्व न्यायाधीशहरू र आमजनताले न्यायाधीशरूले गलत फैसला गरेको भन्दै त्यसको व्यापक विरोध जनाएका थिए।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया