बिएल संवाददाता
पूर्वमन्त्री तथा नेकपा एमालेका नेता कर्णबहादुर थापाले महासचिव शंकर पोखरेलमाथि गम्भीर आरोप लगाएका छन्।
पोखरेललाई लक्षित गर्दै थापाले आफूलाई अध्यक्षभन्दा माथि राखेर पार्टी कार्यालयमा गुटबन्दीको थलो बनाउनेले कार्यकर्ताहरूलाई धम्की नदिन चेतावनी दिएका हुन्।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको राजनीतिमा सक्रिय भएपछि महासचिव पोखरेलले नेतृत्वको बहस र कित्ताकाट नगर्न नेता तथा कार्यकर्तालाई धम्कीपूर्ण निर्देशन दिन थालेका छन्।
पोखरेलको धम्कीपछि विद्यापक्षका थापाले महासचिव पोखरेलमाथि नै गम्भीर आरोप लगाएका हुन्।
उनले भनेका छन्, ‘नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको लगतै देखि पार्टी अध्यक्ष होइन, महासचिवलाई सेन्टर मानेर चल्नुपर्छ भनेर पार्टी कार्यालयलाई गुटबन्दीको थलो बनाउने र अहिले पनि अध्यक्षको बचनका लागि मात्रै प्रसंशाको झुटो गित गाउनेहरू नै अध्यक्षको ‘रक्षाकबच’ हुँ भनेर देशभरिका कार्यकर्तालाई धम्कीपूर्ण भाषा बाेल्नु पार्टी हित र नीति विराेधी व्यवहार हो। नेतृत्वलाई गुमराहमा राखेर सधैंभरि मुखिया हुन सकिन्छ भन्ने कसैलाई लागेको भए, यस्तो चिन्तनबाट छिटो मुक्त हुन अनुरोध गर्दछु।’
उनले आफू कठिनभन्दा कठिन दिनमा पनि सत्यको पक्षमा उभिएर आएकाले फेरि पनि सत्यकै पक्षमा उभिने जिकिर गरे।
उनले एमाले नेता कार्यकर्ताहरूलाई सहि कुरा बुझेर मात्रै मत बनाउन आग्रह गर्दै गाली गलाैजमा नउत्रिन आग्रह गरेका छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया