बिएल संवाददाता
पूर्वमन्त्री तथा नेकपा एमालेका नेता कर्णबहादुर थापाले महासचिव शंकर पोखरेलमाथि गम्भीर आरोप लगाएका छन्।
पोखरेललाई लक्षित गर्दै थापाले आफूलाई अध्यक्षभन्दा माथि राखेर पार्टी कार्यालयमा गुटबन्दीको थलो बनाउनेले कार्यकर्ताहरूलाई धम्की नदिन चेतावनी दिएका हुन्।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको राजनीतिमा सक्रिय भएपछि महासचिव पोखरेलले नेतृत्वको बहस र कित्ताकाट नगर्न नेता तथा कार्यकर्तालाई धम्कीपूर्ण निर्देशन दिन थालेका छन्।
पोखरेलको धम्कीपछि विद्यापक्षका थापाले महासचिव पोखरेलमाथि नै गम्भीर आरोप लगाएका हुन्।
उनले भनेका छन्, ‘नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको लगतै देखि पार्टी अध्यक्ष होइन, महासचिवलाई सेन्टर मानेर चल्नुपर्छ भनेर पार्टी कार्यालयलाई गुटबन्दीको थलो बनाउने र अहिले पनि अध्यक्षको बचनका लागि मात्रै प्रसंशाको झुटो गित गाउनेहरू नै अध्यक्षको ‘रक्षाकबच’ हुँ भनेर देशभरिका कार्यकर्तालाई धम्कीपूर्ण भाषा बाेल्नु पार्टी हित र नीति विराेधी व्यवहार हो। नेतृत्वलाई गुमराहमा राखेर सधैंभरि मुखिया हुन सकिन्छ भन्ने कसैलाई लागेको भए, यस्तो चिन्तनबाट छिटो मुक्त हुन अनुरोध गर्दछु।’
उनले आफू कठिनभन्दा कठिन दिनमा पनि सत्यको पक्षमा उभिएर आएकाले फेरि पनि सत्यकै पक्षमा उभिने जिकिर गरे।
उनले एमाले नेता कार्यकर्ताहरूलाई सहि कुरा बुझेर मात्रै मत बनाउन आग्रह गर्दै गाली गलाैजमा नउत्रिन आग्रह गरेका छन्।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया