बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमण सफल भएको पक्षलाई ओझेल पार्ने गरी केही विरोधी र अराजक तत्वले ‘मान्छे छोडेर आयो’ भनेर प्रचार गरेको जिकिर गरेका छन्।
आइतबार झापाको दमक नगरपालिकास्थित मदनडाँगी (ताराबारी) डिपु सडक स्तरोन्नती आयोजनाको उद्घाटन गर्दै ओलीले अरु कुरा नपाएर यस्ता झुट र घटिया प्रचार गरेको दाबी गर्दै यस्ता कुराहरूको जवाफ दिन आवश्यक नभएको टिप्पणी गरे।
‘म स्पेन गएको थिएँ। त्यहाँ हाम्रो भूमिका असाध्यै राम्रो भयो त्यो भूमिका सहन नसकेर अपोजिसन पार्टी र केही अराजकतावादी पार्टीहरूले मान्छे छाडेर आयो भन्ने जस्ता वाहियात कुरा गरे,’ ओलीले भने, ‘त्यो हुन सक्ने कुरा हो? प्रमाणित गर्न सकिने कुरा हो? प्रमाण भनेर कराएका छन्। जहिले पनि झूट बोलेको छ, झुट बालेको छ। यस्ता कुरा कति दिन टिक्छ? यस्तो राजनीति नगर्न म सबैलाई सुझाव दिन चाहन्छु।’
प्रधानमन्त्रीले उद्घाटन गरेको सडक विश्व बैंकको सहयोगमा नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको नेपालभरका १७ सडकमध्ये एक हो। ४४ करोड २४ लाख लागतमा निर्मित ४.८६ किमी सो सडक समयमै सम्पन्न भएको नमूना आयोजना मानिन्छ।
त्यस्तै उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले देशभर विकास निर्माणका लहर ल्याउने क्रममा यो सडक पनि रहेको जनाउँदै मेची-महाकालीसम्म थालेका काम सक्ने अभियानमा सरकार रहेको बताएका छन्। उनले दमकको बेलडाँगीमा विशाल रंगशाला निर्माण हुने घोषणा पनि गरे।
उनले हरेक क्षेत्रमा सुधार ल्याउने योजनाबमोजिम स्वयंसेवी भावनाका साथ महत्त्वपूर्ण विषयमा निःशुल्क अनलाइन कक्षा संचालन गरेपछि यस वर्ष एसईईमा नतिजा १३ प्रतिशतले सुधार आएको बताए।
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया