बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमण सफल भएको पक्षलाई ओझेल पार्ने गरी केही विरोधी र अराजक तत्वले ‘मान्छे छोडेर आयो’ भनेर प्रचार गरेको जिकिर गरेका छन्।
आइतबार झापाको दमक नगरपालिकास्थित मदनडाँगी (ताराबारी) डिपु सडक स्तरोन्नती आयोजनाको उद्घाटन गर्दै ओलीले अरु कुरा नपाएर यस्ता झुट र घटिया प्रचार गरेको दाबी गर्दै यस्ता कुराहरूको जवाफ दिन आवश्यक नभएको टिप्पणी गरे।
‘म स्पेन गएको थिएँ। त्यहाँ हाम्रो भूमिका असाध्यै राम्रो भयो त्यो भूमिका सहन नसकेर अपोजिसन पार्टी र केही अराजकतावादी पार्टीहरूले मान्छे छाडेर आयो भन्ने जस्ता वाहियात कुरा गरे,’ ओलीले भने, ‘त्यो हुन सक्ने कुरा हो? प्रमाणित गर्न सकिने कुरा हो? प्रमाण भनेर कराएका छन्। जहिले पनि झूट बोलेको छ, झुट बालेको छ। यस्ता कुरा कति दिन टिक्छ? यस्तो राजनीति नगर्न म सबैलाई सुझाव दिन चाहन्छु।’
प्रधानमन्त्रीले उद्घाटन गरेको सडक विश्व बैंकको सहयोगमा नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको नेपालभरका १७ सडकमध्ये एक हो। ४४ करोड २४ लाख लागतमा निर्मित ४.८६ किमी सो सडक समयमै सम्पन्न भएको नमूना आयोजना मानिन्छ।
त्यस्तै उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले देशभर विकास निर्माणका लहर ल्याउने क्रममा यो सडक पनि रहेको जनाउँदै मेची-महाकालीसम्म थालेका काम सक्ने अभियानमा सरकार रहेको बताएका छन्। उनले दमकको बेलडाँगीमा विशाल रंगशाला निर्माण हुने घोषणा पनि गरे।
उनले हरेक क्षेत्रमा सुधार ल्याउने योजनाबमोजिम स्वयंसेवी भावनाका साथ महत्त्वपूर्ण विषयमा निःशुल्क अनलाइन कक्षा संचालन गरेपछि यस वर्ष एसईईमा नतिजा १३ प्रतिशतले सुधार आएको बताए।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया