बिएल संवाददाता
रुपन्देहीको तिलोत्तमा नगरपालिका-८ को मिलन टोल विकास संस्थाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले बाजी मारेको छ।
सत्तारुढ नेपाली कांग्रेस र एमालेका जिल्ला अध्यक्षहरूको वडामा भएको टोलमा सत्तारुढ गठबन्धनलाई नै हराउँदै टोल विकास संस्थाको चुनावमा रास्वपाले बहुमत हात पारेको हो।
कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणकोसमेत वडा पर्ने तिलोत्तमा नगरपालिका-८ को चार नम्बरस्थित मिलन टोल विकास संस्थाको चुनावमा चारजना पदाधिकारीमा रास्वपाले क्लिन स्वीप गरेको छ ।
उक्त टोल नेकपा एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेको घर भएको टोल हो भने कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणको घर नजिकैको वडा पनि हो। यता कांग्रेस नेता बालकृष्ण खाँण पनि सोही वडाका हुन्।
टोल विकास संस्थाको १५ सदस्यीय कार्यसमितिमा ४ पदाधिकारी, ४ सदस्यसहित बहुमत ८ सदस्य रास्वपाले जितेको छ। त्यस्तै रास्वपाकै प्यानलबाट राप्रपाले दुई सदस्य जित्दा एमालेले ३, र कांग्रेसबाट २ सदस्य निर्वाचित भएका छन्।
२७२ घरधुरी मतदाता रहेको टोलको चुनावमा २३३ मत खसेको थियो। जसमा अध्यक्षमा रास्वपाका रामाकान्त भुसालले १२४ मत पाएर विजयी हुँदा एमालेका कृष्ण चापागाईंले सय मत मात्र पाए।
उपाध्यक्षमा पर्सुराम काफ्लेले १४५ मत पाउँदा गठबन्धनका कांग्रेसकी रिना बरालले ८१ मत पाइन्। सचिवमा रास्वपाका सीता तिवारीले ११९ मत पाएर विजयी हुँदा कांग्रेसका थम्मन गुरुङले १०५ मत पाए।
कोषाध्यक्षमा रास्वपाका प्रतिक पाण्डे १२६ मत पाएर विजयी हुँदा एमालेकी बबी चापागाईंले ९८ मत पाइन्।
कांग्रेस र एमालेले भागबन्डा गरेर खानेपानी, सामुदायिक वनजस्ता उपभोक्ता समितिमा राजनीतिकरण हाबी गराउँदा मतदाताहरू रुष्ट भएका हुन्।
टोलकै करहिया खानेपानी संस्थाको अध्यक्षमा एमाले जिल्ला अध्यक्ष यज्ञ गैरे अध्यक्ष र कांग्रेस नेतृ शान्ता बस्याल उपाध्यक्ष र सोही वडाको करहिया सामुदायिक वनमा कांग्रेस नगर सभापति हरिलाल पाण्डे अध्यक्ष र एमालेबाट उपाध्यक्ष छन्। उनीहरूले भागबन्डा गरेको भन्दै टोलबासीहरू असन्तुष्ट थिए।
केही महिनाअघि भएको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रको चुनावमा पनि स्थानीयले कांग्रेस र एमालेका गठबन्धनलाई हराउँदै विप्लव निकट स्वतन्त्र उम्मेदवार खिमलाल पाण्डेलाई जिताएका थिए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया