बिएल संवाददाता
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी काम चाँडो टुङ्ग्याउनुपर्नेमा जोड दिएका छन्।
मानव अधिकार रक्षकको चौथो राष्ट्रिय सम्मेलनलाई आज यहाँ उद्घाटन गर्दै उनले पीडितलाई न्याय दिने गरी चाँडो सङ्क्रमणकालीन न्याय टुङ्ग्याउनुपर्ने बताए।
सर्वोच्च अदालत र राष्ट्रिय मानवअधिकार आयोगले निर्देश गरेअनुसार सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक टुङ्ग्याउनुपर्ने उनको भनाइ थियो। आफू प्रधानमन्त्री हुँदा नेपाल कम्युनिस्ट पार्टीका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई आफूले उक्त विधेयक शीघ्र टुङ्ग्याउन आग्रह गरेको बताए।
आफ्नो पार्टी मानव अधिकार संरक्षणको पक्षमा रहेको भन्दै अध्यक्ष ओलीले भने, ‘एमालेले मानव अधिकार उल्लङ्घन गर्दैन र त्यसको उल्लङ्घनकर्तालाई संरक्षण गर्दैन।’ उनले अनर्गल कुरा गरेर, सम्प्रादायिक र आपसी विद्वेष फैलाएर मुलुकलाई द्वन्द्वतर्फ धकेल्ने कुरा स्वीकार्य नहुने दोहोर्याए।
माओवादीको ‘तप्कनी’बाट उम्रिएका अमर
देउवाजी बसिगया अब नैनसिंहजीको पालो...
चुनावले संसद त दिने भो, तर त्यो संसदले सरकारचाँहि दिन्छ कसरी ?
राजनीतिको राजमार्गमा झुल्किन खोजेका ‘किरण’
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?
इश्तियाकका चुनावी ‘इश्क’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया