बिएल संवाददाता
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), बागमती प्रदेश कमिटीले सङ्गठन तथा सदस्यता विस्तार अभियान कार्यान्वयन गर्न विभिन्न नेतालाई जिम्मेवारी प्रदान गरेको छ।
सङ्गठन विस्तार तथा सुदृढीकरण अभियान कार्यान्वयनका लागि उपाध्यक्ष राजेन्द्र पाण्डेलाई धादिङ, उपाध्यक्ष प्रमेश हमाललाई ललितपुर र सचिव जीवनराम श्रेष्ठलाई काठमाडौँको जिम्मेवारी प्रदान गरिएको हो।
केन्द्रीय नेताहरू ध्रुव विष्ट (भक्तपुर), शिव देउजा (काभ्रेपलाञ्चोक), भगवती नेपाल (सिन्धुपाल्चोक), शिव भण्डारी (दोलखा), देवशङ्कर पौडेल (रामेछाप), गङ्गा नेपाल (सिन्धुली), ललित बस्नेत (मकवानपुर), केशवलाल श्रेष्ठ (चितवन), राजेन्द्र लोहनी (नुवाकोट), साङ्गेतेम्बा लामालाई (रसुवा) को जिम्मेवारी तोकिएको कमिटी अध्यक्ष तथा पार्टी स्थायी कमिटी सदस्य सावित्रा भुसालले जानकारी दिइन्।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया