बिएल संवाददाता
राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक भ्रष्टाचारिहरुको लागि स्वर्ग भएको बताउँदै ब्रम्हलुटको अन्त्य गर्नको निमित्त व्यवस्था र प्रणाली परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
शुक्रबार पार्टीको काठमाडौँ जिल्ला समितिद्वारा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष थापाले भ्रष्टाचार, कुशासन र मनपरितन्त्रले सिमा नाघेको समेत बताए।
अहिलेको मुलुकको समस्या समाधान व्यक्ति परिवर्तनबाट सम्भव नभएको चर्चा गर्दै थापाले प्रणाली र व्यवस्था गर्नुपर्नेमा जोड दिए।
भ्रष्टहरुले उन्मुक्ति पाउने व्यवस्था लामो समय नटिक्ने भन्दै थापाले व्यवस्था परिवर्तनको लागि आन्दोलन अपरिहार्य भएको समेत बताए।
व्यवस्था परिवर्तनको पक्षधरहरुबीच मोर्चा निर्माण गरी आन्दोलनमा जानुपर्ने राप्रपा नेपालको धारणा रहेको भन्दै थापाले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता मुलुकले धान्न नसक्ने दाबी गरे।
सनातन हिन्दुराष्ट्र, राजसंस्था पुनर्स्थापनाको निमित्त आन्दोलनको वातावरण निर्माण गर्न थापाले कार्यकर्ताहरुलाई आग्रह गरे। कार्यक्रममा पार्टीका नेताहरु तारानाथ लुइँटेल, राजाराम बर्तौला, श्याम घिमिरे लगायत क्षेत्रीय अध्यक्षहरुले धारणा राखेका थिए।
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया