बिएल संवाददाता
समाजवादी मोर्चाको बैठक भोलि बस्ने भएको छ।
मोर्चाले अहिलेसम्म देशभर गरेका सङ्गठन विस्तार तथा राजनीतिक गतिविधिको समीक्षाका साथै भावी कार्ययोजनाबारे छलफल गर्न भोलि बिहान ९ बजे नेकपा (एकीकृत समाजवादी)को कार्यालयमा बैठक बोलाइएको हो।
बैठकले सरकारको कार्यको समीक्षाका साथै मुलुकको समसामयिक राजनीतिक अवस्था, अन्तर्राष्ट्रिय राजनीतिक प्रभावबारे छलफल गर्ने नेकपा (एकीकृत समाजवादी)को कार्यालय सचिव जीवनराम श्रेष्ठले जानकारी दिएका छन्।
मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सहभागी छन्।
मोर्चाको नेतृत्व एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गर्नुभएको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया