बिएल संवाददाता
नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका उपाध्यक्ष जीपी मैनालीले जनयुद्धका शहिद, बेपत्ता परिवार र घाइतेहरूको भागबन्डाको राजनीति नगर्न सबै धाराका माओवादी नेताहरूसँग आग्रह गरेका छन्।
आइतबार नेकपा विप्लव निकट विद्यार्थी संगठनको राष्ट्रिय सम्मेलनमा शुभकामना मन्तव्य राख्दै उपाध्यक्ष मैनालीले सबै धाराका माओवादी मिलेर उपलब्धिको रक्षा गनुपर्नेमा जोड दिएका छन्।
‘जनयुद्धका सहिद, बेपत्ता परिवार र घाइतेको भागबन्डा राजनीति नगरौँ। ती सबै माओवादीका साझा सम्पत्ति हुन्। सबै मिलेर जनयुद्धका उपलब्धिको रक्षा गर्ने दायित्व हामी सबैको हो’, मैनालीको भनाई थियो, ‘ठूला नेताहरूबिच के कुरामा मनमुटाब छ, तपाईँहरू नै मिलाउनुस्। हाम्रो आग्रह छ– सहिद, बेपत्ता परिवार र घाइतेलाई बाँडेर उहाँहरूको सपनामाथि खेलबाड नगर्नुस्।’
उपाध्यक्ष मैनालीले यो वा त्यो वाहनमा सबै धाराका माओवादी नेता–कार्यकर्तामाथि मुद्दा मामिला गर्ने प्रपञ्च भएको भन्दै सबै मिलेर त्यसको प्रतिरोध गर्नुपर्ने बताएका छन्। उनले माओवादी नेता–कार्यकर्ताकाका मुद्दामा चासो राख्ने न्यायालयले तत्कालीन राज्य पक्षबाट भएका गम्भीर मानवअधिकार विरोधी घटनालाई नजरअन्दाज गरेको देखिन थालेको बताएका छन्।
‘न्यायालयका निर्णयमाथि प्रश्न उठाउन खोजिएको होइन, तर हाम्रो मनमा प्रश्न छ–माओवादीलाई अपराधीकरण गर्न खोज्नेहरूले राज्य पक्षका अपराधमा किन मुख खोल्दैनन्’, उनले भने, ‘यसकारण पनि तेरो–मेरो नभनी सबै धाराका माओवादी नेता–कार्यकर्ताको रक्षा हामी सबैको दायित्व हुनुपर्छ।’
मैनालीले सडक, सदन र सरकार जहाँ पनि माओवादीको प्रभावकारी उपस्थिति रहेको बेला सबै मिलेर समाजवादी दिशामा अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्। ‘हामीले आजको मात्र होइन भविष्यको लागि पनि राजनीति गर्ने हो। त्यसैले सबै एकजुट भएर समाजवादी दिशामा अगाडि बढौँ, यही नै आज सबै माओवादीको कार्यभार हो।’
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया