बिएल संवाददाता
आजबाट नेपाली कांग्रेसको महासमिति बैठक सुरू हुदैँछ।
गोदावरी सनराइज, ललितपुरमा आजबाट सुरू हुने महासमिति बैठकमा दिउँसो १ बजेबाट सुरू हुनेछ।
सो महासमिति बैठकको उदघाटन सभापति शेरबहादुर देउवाले गर्नेछन्।
आजवाट सुरू हुने महासमिति बैठकमा १ सय ६५ केन्द्रीय पदाधिकारी तथा सदस्यसहित १ हजार ७ सय ८० महासमिति सदस्य, नेपाली जनसम्पर्क समितिका ८९ जना, भातृ तथा शुभेच्छुक संस्थाहरूबाट ६९ जना, महासमितिका सदस्य नरहेका प्रदेश सभापति, जिल्ला सभापति र भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरूको उपस्थिति रहने छ।
प्रचार बिभाग प्रमुख मिनबहादुर विश्वकर्माका अनुसार गत फागुन ४ को केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत भइ अनुमोदित भएका नीति तथा कार्यक्रम, सांगठनिक प्रतिवेदन, समसामयिक राजनीतिक प्रस्ताव, नेपालको वर्तमान आर्थिक अवस्था, चुनौती र सम्भावना र लेखापरीक्षण प्रतिवेदनलगायत पेस हुने भएका छन्।
यसरी प्रस्तुत भएका प्रतिवेदन माथी समुहगत छलफल गरी बैठकबाट निष्कर्ष निकालिने भएको छ। बैठक फागुन १० गतेसम्म चल्नेछ।
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया