बिएल संवाददाता
कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच गठबन्धनको विषयमा सहमति नजुट्दा छलफल निष्कर्षविहीन भएको छ।
महासमिति बैठक सुरु हुनुअघि सोमबार देउवा निवास बुढानीलकण्ठमा भएको छलफलमा सभापति देउवा र महामन्त्री थापाबीच गठबन्धनको विषयमा सहमति नजुट्दा निष्कर्षविहीन भएको हो।
महामन्त्री थापाले चुनावमा गठबन्धन नगर्नेसहितको प्रतिवेदन बनाएपछि सभापति देउवाले त्यसलाई सच्याउन भनेका छन्।
तर महामन्त्री थापाले सभापति देउवाको आग्रहलाई अस्वीकार गरेपछि छलफल निष्कर्षविहीन भएसँगै बुढानीलकण्ठबाट नेताहरू बाहिरिएका छन्।
सभापति देउवाले महामन्त्री थापालाई सांगठानिक प्रतिवेदनबाट चुनावअघि गठबन्धन नगर्ने भन्ने शब्द हटाउन भनेका थिए तर महामन्त्री थापाले नहटाउने अडान यथावत राखेका छन्। जसकारण गत शनिबारदेखिको वार्ता निष्कर्षविहीन बनिरहेको छ।
सोमबारबाट गोदावरीमा पार्टीको महासमितिको बैठक सुरू हुँदैछ।
यसअघि सभापति देउवाले गठबन्धन कायम राख्नुपर्ने एजेण्डालाई पार्टीभित्रबाट अनुमोदन गराउने प्रयास गरेका हुन्।
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
प्रभु बैंककी ‘लेडी बोस्’– सीईओलाई प्रभावमा पारेर बन्दैछिन् डेपुटी, यसरी डुबाउँदैछिन् बैंक
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया