बिएल संवाददाता
निर्वाचन आयोगले उपनिर्वाचनको मिति ताेकेकाे छ।
आयोगकाे आइतबार बसेकाे बैठकले इलाम र बझाङमा आगामी वैशाख १५ गते उपनिर्वाचन गर्ने निर्णय गरेकाे हाे।
आयोगकाे निर्णयअनुसार प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ र बझाङकाे प्रदेशसभा क्षेत्र नम्बर १ को उपनिर्वाचन वैशाख १५ गते उपनिर्वाचन हुनेछ।
इलाम निर्वाचन-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र-१ बाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वी बहादुर सिंहको निधन भएकाे थियाे। साेही रिक्त स्थानमा उपनिर्वाचन हुन लागेकाे हाे।
‘निर्वाचन आयोगको मिति २०८० फागुन १३ गते बसेको बैठकले नेपाल सरकारसँगको परामर्शमा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम इलाम जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम वझाङ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा मिति २०८१ वैशाख १५ गते शनिबारका दिन उपनिर्वाचन गर्ने गरी मिति तोक्ने निर्णय गरेको छ’, आयोगको विज्ञप्तिमा भनिएकाे छ।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया