
बिएल संवाददाता
नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन नसकिने बताएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिन प्रस्ताव गरेका छन्।
सोही क्रममा बैठकलाई सम्बोधन गरेका कांग्रेस महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले निर्वाचनका बेला जनतासँग गरेको बाचा तोडेर नयाँ गठबन्धन बनाउने प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसक्ने बताएका हुन्।
निर्वाचनका बेला पाँच वर्ष कांग्रेससहितको गठबन्धनले सरकार बनाएर देश र जनताका लागि काम गर्ने बताइए पनि प्रधानमन्त्री प्रचण्डले पुरानो गठबन्धन तोडेर कांग्रेसबाहेक र एमालेसहितको गठबन्धन बनाएर सत्ता समीकरण परिवर्तन गरिएको छ।
जनतालाई दिएको विश्वास तोडेर प्रधानमन्त्री प्रचण्डले दलबीच मन्त्रिपरिषद् पुनर्गठन गरेर विश्वासको मत पाए पनि जनताको विश्वास जित्न नसक्ने भन्दै शर्माले जनताको विश्वास जित्नुपर्ने बताए।
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया