बिएल संवाददाता
पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गाेकुल बास्काेटाले अराजकताकाे अन्त्य आदेश निर्देशबाट नहुने बताएका छन्।
बास्काेटाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई लक्षित गर्दै अराजकताकाे अन्त्य आदेश निर्देशबाट नभएर नियम संगत प्रणालीबाट हुने बताएका हुन्।
‘सूचनाले तथ्य माग्छ तर अभिव्यक्तिले मत। प्रकृति, समाज, राजनीति अर्थनीति सबै निश्चित नियम र प्रणालीबाट सञ्चालन हुन्छन्। ती तोडेपछि अराजकता जन्मन्छ। अराजकताको अन्त्य आदेश निर्देशले हाेइन नियम संगत प्रणालीले मात्र गर्छ,’ बास्काेटले भनेका छन्।
उनले बिहीबार गृहमन्त्री रवि लामिछानेले संविधानकाे मर्मविपरीत सञ्चार माध्यमलाई कारबाही गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई दिएकाे निर्देशन लक्षित प्रतिक्रिया दिएका हुन्।
बिहीबार दिउँसाे गृहमन्त्री रवि लामिछानेले सञ्चार माध्यम तथा सामाजिक सञ्जाललाई नियमन गर्न प्रहरी र प्रमुख जिल्ला अधिकारीहरुलाई पत्र काटेका थिए। यद्यपि, त्यसकाे चाैतर्फी विराेध भएपछि गृहमन्त्री रवि त्यस निर्णयबाट पछि हटेका छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया