बिएल संवाददाता
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको जस्तै सहयोग दिनुभएमा धेरै काम हुने बताएका छन्।
काठमाडौँमा आज आयोजित वर्तमान सन्दर्भमा पार्टीको कार्यनीति विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री दाहालको कार्यकालमा आफूले विधि जोगाउने सहमति गरेको दाबी समेत गरेका छन्।
उनले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई स्वास्थ्य अवस्थाका कारण हाजिर जमानतमा छाडिएकाले त्यसमा शङ्का गर्न नहुने स्पष्ट पारेका छन्। उनले महरामाथि अनुसन्धान भइरहेको समेत जानकारी गरे।
कांग्रेसले आफ्नो राजीनामा र संसदीय समिति बनाउन माग गरिरहेको सन्दर्भमा उहाँले सदनमा जवाफ दिन पाए राम्रो हुने बताए। सहकारीका ठगीका विषयमा प्रतिवादी नभएको मान्छे कसरी दोषी भयो भन्दै उनले जिवी राई जहाँ भए पनि समातिने प्रतिबद्धता दोहोर्याए। उनले सहकारीपीडितको बचत ब्याजसहित फिर्ता गराउने पनि बताए।
थोरै दिन सरकारमा बसेर गरिने कामका आधारमा इलाम-२ को उपनिर्वाचन आफ्नो पार्टीले जित्ने दाबी गर्दै गृहमन्त्री लामिछानेले सरकारमा बसेर अनैतिक काम नगर्ने पनि स्पष्ट पारे। भ्रष्टाचारको सन्दर्भ उप्काउँदै उनले भने, 'कतिपय माछा चिप्ला हुन्छन्, बाठा हुन्छन्। तिनीहरू फुत्किन खोज्छन् तर, तिनलाई होसियारीपूर्वक समाइन्छ।'
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया