बिएल संवाददाता
नेकपा (एकीकृत समाजवादी)ले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ।
एकीकृत समाजवादीले इलाममा–२ मा जीतबहादुर राई र बझाङ प्रदेशसभामा दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निश्चित भएको एक नेताले बताएका छन्। यद्यपी एकीकृत समाजवादीले आधिकारिक निर्णय गर्न भने बाँकी रहेको छ।
उपनिर्वाचनको लागि मनोनयन दर्ता चैत्र २४ गते हुँदैछ। अहिलेसम्म एमालेले इलाम-२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने बझाङमा हुने प्रदेशसभा–१ को उपनिर्वाचनमा दमन भण्डारीलाई उम्मेदवार बनाएको छ।
त्यस्तै राष्ट्रिय स्वत्रन्त्र पार्टीले पत्रकार मिलन लिम्बुलाई उम्मेदवार बनाउने तयारी गरेको छ। यसको औपचारिक घोषणा भने चैत्र १७ गते गर्दैछ।
त्यस्तै माओवादी केन्द्रले पनि उपनिर्वाचनमा आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको छ। बुधबार बिहान बसेको पदाधिकारी बैठकले उम्मेदवार उठाउने निर्णय गरको हो।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया