बिएल संवाददाता
पाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक दलहरूले चुनावको नभई देशको चिन्ता गर्नुपर्ने बताएका छन्।
काँग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं २ बागलुङको क्षेत्रीय सम्मेलनमा बोल्दै उनले देशलाई समुन्नतिको यात्रामा अगाडि बढाउनुपर्ने आजको आवश्यकता रहेको औँल्याए।
'कतिपय दलहरूले अहिले मिसन ८४ भनेर अभियान चलाइरहेको छ, त्यो भनेको के हो र ?', महामन्त्री शर्माले भने, '२०८० मा गर्ने कामको बारेमा कुरा गरौँ, २०८१ मा गर्न सक्ने कामबारे दलहरूबीच छलफल गरौँ।' उनले असल विद्यार्थीले पढाइमा ध्यान दिने तर परीक्षाको चिन्ता नलिने दृष्टान्त सुनाए।
महामन्त्री शर्माले काँग्रेस ‘मिसन ०८४’को अभियानमा नरहेको बताए। काँग्रेसले देशको जितलाई सधैँ केन्द्रमा राख्ने उनले बताए। 'देशको जितको खोजी प्रमुख कुरा हो, काँग्रेसको जित महत्त्वपूर्ण कुरा होइन', उनले भने, 'अहिले देशको मुद्दा प्रगतिको बाटो हो, समुन्नति हो।'
उनले काँग्रेस समयले मात्र जेठो नभई सिद्धान्तले पनि जेठो पार्टी रहेको भन्दै सबै दलसँग सहकार्य गरेर अगाडि बढ्ने उल्लेख गरे।
देउवाजी बसिगया अब नैनसिंहजीको पालो...
चुनावले संसद त दिने भो, तर त्यो संसदले सरकारचाँहि दिन्छ कसरी ?
राजनीतिको राजमार्गमा झुल्किन खोजेका ‘किरण’
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?
इश्तियाकका चुनावी ‘इश्क’
रवि र ओली : दुवै उस्तै उस्तै हुन् नानु !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया