बिएल संवाददाता
नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुपाल्चोकको अध्यक्षमा होमनारायण श्रेष्ठ निर्वाचित भएका छन्।आज सम्पन्न मत
गणनामा श्रेष्ठ तीन सय ६३ सहित निर्वाचि भएको निर्वाचन समितिका संयोजक शारदाप्रसाद सापकोटाले जानकारी दिए। श्रेष्ठका प्रत्यासी कमल नेपालले तीन सय ४९ मत प्राप्त गरे।
नयाँ नेतृत्वका लागि भएको मतदानमा कुल सात सत १३ खसेको थियो। चौताराको आहालडाँडामा मतदान प्रक्रिया सकिएपछि एमाले पार्टी कार्यालयमा मतगणना भएको थियो।
उपाध्यक्षमा तीन सय ४५ मतसहित अर्जुनकुमार भण्डारी निर्वाचित भए। उनका प्रत्यासी विष्णुमणि आचार्यले तीन सय सात मत प्राप्त गरे।
सचिवमा कृष्णगोपाल तामाङ चार सय तीन मतसहित विजयी भए भने प्रत्यासी यज्ञराज सापकोटाले दुई सय ७० मत पाए। उपसचिव खुलातर्फ शिवहरि सापकोटाले तीन सय ३६ मतसहित विजयी हुँदा प्रत्यासी विजयकृष्ण श्रेष्ठले तीन सय १३ मत पाए।
महिलातर्फ सुशीला पाख्रिनले चार सय ५६ मत प्राप्त गरी विजयी हुँदा प्रत्यासी शोभा कार्कीले दुई सय आठ मत प्राप्त गरे। जनजाति खुलातर्फ दुई सदस्यमा उम्मेदवारी नै परेन।
विभिन्न क्लष्टरबाट ५६ जना सदस्य निर्विरोध चुनिएका थिए। पदाधिकारीसहित ४४ पदमा चुनाव भएको निर्वाचन समितिले जानकारी दिएको छ। अधिवेशनमा सात सय ४७ जना प्रतिनिधि थिए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया