बिएल संवाददाता
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उपनिर्वाचनका उम्मेदवारको टुंगो आज लगाउने भएको छ। यसअघि उम्मेदवार तय गर्न बसेको नेपाली काँग्रेसको संसदीय बोर्डको बैठक मंगलबार र बुधबार अनिर्णित बनेको थियो।
संस्थापन पक्ष र इतर पक्षबीच कुरा नमिल्दा उम्मेदवार छनोट हुन नसकेको हो।
काँग्रेसमा भेषराज आचार्य र डम्बर खड्का इलाम- २ मा मुख्य प्रत्याशीका रूपमा देखिएका छन्। शेखर कोइराला नेतृत्वको संस्थापनइतर पक्षले आचार्यलाई टिकट दिनुपर्ने माग गरिरहेकोमा सभापति शेरबहादुर देउवा सहमत हुन सकेका छैनन्।
काँग्रेस संसदीय बोर्डको बैठक आज बिहान ९ बजेका लागि बोलाइएको छ। यसैगरी दिउँसो कार्यसम्पादन समितिको बैठक दिउँसो २ बजे बस्ने छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया