बिएल संवाददाता
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई बलियो बनाउन सबै एक जुट हुन आवश्यक रहेको बताएका छन्।
शनिबार काठमाडौँ निर्वाचन क्षेत्र नं २ मा पार्टीको क्षेत्रीय सम्मेलन तथा सांस्कृतिक कार्यक्रम उद्घाटन गर्दै उनले सबैलाई आपसी समझदारी र समन्वय कायम गर्दै अघि बढ्न आह्वान गरे।
उनले आगामी निर्वाचनमा पार्टीले बहुमत ल्याउने गरी तयारी गर्न र त्यसतर्फ एकजुट भइ लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए।
‘आगामी निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने गरी काम गर्नु अहिलेको आवश्यकता हो, त्यसतर्फ पार्टीका सबै साथीहरु एक भएर लाग्नुपर्छ। आपसी समझदारी र समन्वय कायम गर्दै अघि बढ्न जरुरी छ’, उनले भने, ‘घात अन्तर्घात नगरी पार्टी निर्माणमा सबै एकजुट हौँ।’
त्यसअवसरमा सो पार्टीका प्रवक्ता तथा पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले नेपाली कांग्रेसले अब स्थिरताको बाटो खोज्नुपर्नेमा जोड दिए। ‘नेपाली कांग्रेसकै अगुवाइमा जनता र देशप्रति समर्पित भइ काम गर्नका लागि स्थिरता र विकासको बोटो खोज्नु आवश्यक छ’, उनले भने, ‘आर्थिक वृद्धिसहित समानतामुलक समाज निर्माण गर्ने हाम्रो सङ्कल्प हो।’
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया