बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले राजनीतिलाई छोराछोरी पाल्ने पेशा बनाइएको टिप्पणी गरेका छन्।
बिहीबार काठमाडौँमा आयोजित ‘गंगादेवी थपलियाको जीवन यात्रा’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले यस्तो टिप्पणी गरेका हुन्।
उनले भने, ‘राजनीति लेखपढले मात्र हुँदैन, राजनीति अहिले पछिल्लो दिनमा एक प्रकारले विकृत जस्तो भएको छ। राजनीतिलाई मान्छेहरुले राजनीति भन्ने बित्तिकै ओढ्ने, ओछ्याउने व्यवसाय जस्तो, छोराछोरी पाल्ने पेशा जस्तो मानिराखेको बेलामा राजनीति भन्ने बित्तिकै मान्छे डराउन बेलामा गंगादेवी त्यस्तो नाम हो, जसले राजनीतिलाई पेशा नभइ सेवाको रुपमा अवलम्बन गर्नुभयो।’
उनले राजनीति भन्ने बित्तिकै मानिसहरु डराउने अवस्था सिर्जना भएको बताएका छन्।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया