बिएल संवाददाता
नेपाल कम्युनिस्ट पार्टी (एमाले) खोटाङको अध्यक्षमा देवविक्रम राई विजयी भएका छन्। शुक्रबार साँझ सम्पन्न आठौँ जिल्ला अधिवेशनले उनलाई अध्यक्षमा चयन गरेको हो।
अध्यक्षमा विजयी राईले तीन सय ३९ मत प्राप्त गरेका थियो भने उनका निकटतम प्रतिद्वन्द्वी रामप्रसाद दङ्गालले एक सय ८७ मत पाएकाे प्रमुख निर्वाचन अधिकृत लालप्रसाद घिमिरेले बताए। दिक्तेल रुपाकोट मझुवाढी नगरपालिका– १४ बुइपा निवासी राई सातौँ जिल्ला अधिवेशनमा उपाध्याक्ष निर्वाचित भएका थिए।
पार्टीको जिल्ला उपाध्यक्षमा कुमार आचार्य तीन सय ५८ मतसहित विजयी भएका छन्। पाँच पदाधिकारीसहित ९० जनाको कार्यसमिति सचिवमा सुरेन्द्रकुमार राई यसअघि नै निर्विरोध निर्वाचित भएका थिए।
एक उपसचिवका लागि सातजनाबीच भएको प्रतिस्पर्धामा राजन बञ्जरा विजयी भएका छन्। समावेशी उपसचिवमा कविता राई विजयी भएका छन्। आदिवासी जनजाति कोटामा जुद्धबहादुर पुलामीमगर चुनिएका छन्।
यसैगरी एकजना दलित कोटाका लागि भएको निर्वाचनमा रमेश परियार ‘प्यासी’ दुई सय ११ मतसहित विजयी भएका छन्। दलित कोटामा चार जनाको प्रतिस्पर्धा भएको थियो। दलित महिला कोटामामा रेखा रम्तेल एक सय ५० मत ल्याएर विजयी भएकी छन्। उक्त कोटामा तीन जनाको प्रतिस्पर्धा भएको थियो।
खुला महिला कोटामा कुसुम राई, प्रतिमा बिष्ट (पौडेल), पुण्यकुमारी मगर र हीराकुमारी वन (गिरी) विजयी भएका छन्। खुला कोटामा अनिश कार्की, अषिश राई, जगत राई, लोकेन्द्र राई र सनमान खड्का विजयी भएका छन्।
पाँच जनाको कोटामा १७ जनाको प्रतिस्पर्धा भएको निर्वाचन समितिले जनाएको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया