बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई बर्खास्तीको तयारी गरेका छन्। सम्भवत: आजै हुने मन्त्रिपरिषदको नियमित बैठकमा प्रधानमन्त्रीले गुप्तासँग स्पष्टीकरण सोध्नेछन्।
झापामा रहँदा आइतबार नै प्रधानमन्त्रीले फोन गरेर मन्त्री गुप्तासँग सञ्चारमाध्यममा सार्वजनिक भएको ‘घुस डिल’को अडिओबारे सोधेका थिए। मन्त्री गुप्ताले त्यो अडिओ आफ्नै भएको स्वीकार गर्दै पैसा भने आफूले नलिएको र त्यसका लागि भेट्न आएका व्यक्तिले निवासमै छोडेर हिँडेको बताएका थिए।
एक जना कर्मचारीको सरुवा बढुवाका लागि मन्त्री गुप्ताले ७८ लाख रुपैयाँ डिल गरेको अडिओ सार्वजनिक भएको थियो।
गत पुस महिनाको उक्त अडिओ सार्वजनिक भएपछि त्यसको मध्यस्थता गरेको भन्दै मन्त्री गुप्ताले नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठको पनि नाम मुछिदिएका छन्।
आजै प्रधानमन्त्रीले मन्त्रि गुप्तासँग सोधपुछ गर्नेछन् र सकभर राजीनामा दिन भन्नेछन्। मन्त्रीले राजीनामा नदिए प्रधानमन्त्री आफैले बर्खस्त गर्नेछन्।
र याे पनि
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया