बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले घुस काण्डमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई बालुवाटार बोलाएका छन्।
पूर्वी नेपालको भ्रमण सकेर आइतबार काठमाडौं फर्किएमा ओलीले सोमबार मन्त्री गुप्तालाई बालुवाटार बोलाएका हुन्। मन्त्री गुप्ता बालुवाटार पुगिसकेको बालुवाटार स्रोतले बतायो।
प्रधानमन्त्री ओलीले मन्त्री गुप्ताबारे सोमबार साँझ ६ बजे बस्ने गरी मन्त्रिपरिषद बैठक बोलाएका छन्।
मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीले मन्त्री गुप्तासँग स्पष्टीकरण सोध्ने र स्पष्टीकरण चित्त नबुझेमा बर्खास्त गर्ने तयारी गरेको बुझिएको छ।
तर त्यसअघि नै मन्त्री गुप्ता आफैंलाई राजीनामा गर्ने मौका दिइएको छ। त्यसैका लागि प्रधानमन्त्रीले मन्त्री गुप्तालाई बालुवाटार बोलाएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
मन्त्रीले राजीनामा नदिएमा मन्त्रिपरिषदले निर्णय गर्नेछ।
घुस प्रकरणको अडियो र अख्तियारमा उजुरी परेको केही हप्ताअघि नै जानकारी पाएका प्रधानमन्त्री ओलीले यस प्रकरणमा मुख खोलेका थिएनन्। तर, उक्त अडियो मिडियामै सार्वजनिक भएपछि एमाले कै नेता–कार्यकर्ता, संसद् र सामाजिक सञ्जालको दवाब थेग्न नसकेपछि मन्त्री गुप्ताबारे निर्णय लिन लागेका हुन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया