सोमबार, १४ जुलाई २०२५

स्पेन भ्रमणमा सरकारी प्रतिनिधि बाहेकको विषयमा छानबिन गर्न गृहमन्त्रीको निर्देशन

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडौं
2025-07-14 13:18:00
News Image
• • •

गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणका क्रममा मानव तस्करी भएको विषयमा निष्पक्ष छानबिन गर्न निर्देशन दिएका छन्।

सोमबार मन्त्री लेखकले सरकारी प्रतिनिधि मण्डल बाहेक गएको विषयमा छानबिन गर्न गृह सचिव गोकर्ण दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन दिएका हुन्।

‘प्रधानमन्त्री ज्यूको प्रतिनिधि मण्डल बाहेक स्पेन को-को गए? कुन विधि-प्रक्रिया र कुन संस्थामार्फत स्पेन भ्रमण गए भन्ने विषय छानविन गर्न निर्देश गरेको छु’ मन्त्री लेखकले भने, ‘जानका लागि भिजिट भिषाको प्रवन्ध कसले गर्‍यो? लगायतका विषयमा अनुसन्धान हुनेछ।’

उक्त विषयको गहन छानबिनका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र मानब बेचबिखन अनुसन्धान ब्यूरो खटिनेछ।

‘यस विषयमा दोषी देखिएकाहरूलाई कारबाही गरिने छ,’ मन्त्री लेखकले भने। प्रधानमन्त्री ओली गत असार १४ गते स्पेन भ्रमणमा गएका थिए।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?