बिएल संवाददाता
गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणका क्रममा मानव तस्करी भएको विषयमा निष्पक्ष छानबिन गर्न निर्देशन दिएका छन्।
सोमबार मन्त्री लेखकले सरकारी प्रतिनिधि मण्डल बाहेक गएको विषयमा छानबिन गर्न गृह सचिव गोकर्ण दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन दिएका हुन्।
‘प्रधानमन्त्री ज्यूको प्रतिनिधि मण्डल बाहेक स्पेन को-को गए? कुन विधि-प्रक्रिया र कुन संस्थामार्फत स्पेन भ्रमण गए भन्ने विषय छानविन गर्न निर्देश गरेको छु’ मन्त्री लेखकले भने, ‘जानका लागि भिजिट भिषाको प्रवन्ध कसले गर्यो? लगायतका विषयमा अनुसन्धान हुनेछ।’
उक्त विषयको गहन छानबिनका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र मानब बेचबिखन अनुसन्धान ब्यूरो खटिनेछ।
‘यस विषयमा दोषी देखिएकाहरूलाई कारबाही गरिने छ,’ मन्त्री लेखकले भने। प्रधानमन्त्री ओली गत असार १४ गते स्पेन भ्रमणमा गएका थिए।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया