बिएल संवाददाता
नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सत्ता साझेदार नेपाली काँग्रेस पनि सरकारका ‘भ्रष्ट क्रियाकलापमा ‘साक्षी किनाराका सदर’ भएको टिप्पणी गरेका छन्।
आफ्नै पार्टीले सरकारका भ्रष्ट मन्त्रीहरू र प्रधानमन्त्रीको मौनतालाई साथ दिएको भन्दै उनले असन्तुष्टी जनाएका हुन्।
सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले एकजना कर्मचारीको सरुवा र नियुक्तिमा बिचौलियासँग मन्त्री क्वार्टरमै ७८ लाख घुसको डिल गरेको अडियो सार्वजनिक भएको थियो। प्रधामन्त्रीसँग मन्त्री गुप्ताले उक्त घुस लिएको पनि स्वीकार गरेका थिए।
सोमबार बसेको मन्त्रिपरिषद बैठकबाटै गुप्तालाई बर्खास्त गर्ने तयारी थियो। तर सोमबार राति अबेरसम्म बसेको मन्त्रिपरिषद बैठकमा न मन्त्रीहरूले त्यसबारे कुरा उठाए न प्रधानमन्त्रीले नै विषय प्रवेश गरे। मन्त्रिपरिषद बैठकमा आरोपित मन्त्री गुप्ता पनि थिए।
यसबारे मंगलबार बिहानै सामाजिक सञ्जालमा काँग्रेस नेता शेखर कोइरालाले यस प्रकरणमा आफ्नै पार्टीलाई पनि ब्यंग्य गरेका हुन्।
‘मन्त्री क्वार्टरमा बिहानै आएर बिचौलियाले घुसको व्रिफकेस छाड्छन्, आफ्नो विरुद्धमा प्रमाण जुटेपछि बर्खास्त हुनुपर्नेमा प्रधानमन्त्रीसँग मिठा कुरा गरेर मन्त्री मन्त्रिपरिषद बैठकमा भाग लिन्छन्’ कोइरालाले भनेका छन् ‘सदनमा विपक्षी कर्मकाण्डी राजीनामा माग्छन् तथा गठवन्धनका सहयात्री हामी नेपाली कांग्रेस भने ‘साक्षी किनाराका सदर’ भएका छौं।’
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया