बिएल संवाददाता
स्पेन सम्पन्न प्रधानमन्त्री केपी शर्मा ओली सहभागी संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी गराउने नाममा नेपालबाट मानव तस्करी भएको प्रकरणको छानबिन गर्न समिति गठन गरिएको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एसएसपी होविन्द्र बोगटीको नेतृत्वमा समिति गठन गरिएको हो।
कार्यक्रममा असम्बन्धितहरूलाई पनि पठाइएको प्रकरणको अनुसन्धानका लागि गृहमन्त्री रमेश लेखकले प्रहरीलाई जिम्मेवारी दिएका थिए।
गृहमन्त्रीको निर्देशनपछि सीआईबीका एसएसपी बोगटीको नेतृत्वमा मानव बेचबिखन ब्युरोका एसपी रुगम कुँवर सहित ६ सदस्यीय समिति गठन गरिएको सीआईबी स्रोतले बतायो।
स्पेनको सेभिल्लामा ३० जुनदेखि २ जुलाईसम्म चलेको सम्मेलनमा सहभागी गराउने नाममा बिचौलियाहरूले मोटो रकम असुलेर असम्बन्धित व्यक्तिहरूलाई भिजिट भिसामा स्पेन पुर्याएको र उनीहरू कार्यक्रम सकिएपछि पनि नेपाल नफर्किएको भन्दै संसदमै आवाज उठिरहेका छन्।
गृह मन्त्रालयका अनुसार समितिले अब भिजिट भिसामा गएका व्यक्तिहरू र नेपाल नफर्किएका व्यक्तिहरूको पहिचान गरेपछि सेटिङमा संलग्न गिरोहको खोजी गर्ने छ।
उक्त प्रकरणमा संलग्नहरूलाई फौजदारी कसुरमा मुद्दा दायर गरिने छ।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया