बिएल संवाददाता
राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले ‘भ्रष्टाचार गर्न नपाए ओली सरकारको क्याबिनेटमा जानु’ भनेपछि प्रतिनिधि सभामा बबाल मच्चिएको छ।
घुस प्रकरणको अडिओ सार्वजनिक भएका मन्त्रीको राजीनामाले मात्रै नपुग्ने र पक्राउ गरी छानबिन गर्नुपर्ने माग गरेका शाहीले ओली क्याबिनेटले भ्रष्टाचारीको संरक्षणमा कीर्तिमान राखेको टिप्पणी गरेका थिए।
उनले भनेका थिए, ‘पहिले एउटा भनाइ थियो, ज्ञान नपाए काशी जानू, न्याय नपाए गोरखा जानू। अहिले भ्रष्टाचार गर्न नपाए केपी ओली सरकारको क्याबिनेटमा आउनू।’
शाहीको भनाइप्रति एमाले सचेतक सुनिता बरालले नियमापत्ति गर्दै सदनको रेकर्डबाटै हटाउन माग गरिन्। उनले तथ्यहीन आरोप लगाएर सरकारको बदनाम गर्ने प्रयास भएको बरालको आरोप थियो।
सभामुख देवराज घिमिरेले भने सांसदहरूले उठाएका विषय र नियमापत्तिहरूप्रति आफ्नो ध्यानाकर्षण भएको बताए पनि रेकर्डबाट हटाउन निर्देशन दिएनन्।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया