बिएल संवाददाता
राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले ‘भ्रष्टाचार गर्न नपाए ओली सरकारको क्याबिनेटमा जानु’ भनेपछि प्रतिनिधि सभामा बबाल मच्चिएको छ।
घुस प्रकरणको अडिओ सार्वजनिक भएका मन्त्रीको राजीनामाले मात्रै नपुग्ने र पक्राउ गरी छानबिन गर्नुपर्ने माग गरेका शाहीले ओली क्याबिनेटले भ्रष्टाचारीको संरक्षणमा कीर्तिमान राखेको टिप्पणी गरेका थिए।
उनले भनेका थिए, ‘पहिले एउटा भनाइ थियो, ज्ञान नपाए काशी जानू, न्याय नपाए गोरखा जानू। अहिले भ्रष्टाचार गर्न नपाए केपी ओली सरकारको क्याबिनेटमा आउनू।’
शाहीको भनाइप्रति एमाले सचेतक सुनिता बरालले नियमापत्ति गर्दै सदनको रेकर्डबाटै हटाउन माग गरिन्। उनले तथ्यहीन आरोप लगाएर सरकारको बदनाम गर्ने प्रयास भएको बरालको आरोप थियो।
सभामुख देवराज घिमिरेले भने सांसदहरूले उठाएका विषय र नियमापत्तिहरूप्रति आफ्नो ध्यानाकर्षण भएको बताए पनि रेकर्डबाट हटाउन निर्देशन दिएनन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया