बिएल संवाददाता
रूसले मंगलबार युक्रेनी सैन्य क्षेत्रमा आक्रमण गरेको छ।
रुसको रक्षा मन्त्रालयको दैनिक ब्रिफिंग अनुसार, रुसको सेनाले विगत २४ घण्टामा सुमी, खार्किभ र डोनेट्स्क लगायत युक्रेनी क्षेत्रहरूमा आक्रमण गरेको हो। आक्रमणका क्रममा रुसले युक्रेनका धेरै इलेक्ट्रोनिक युद्ध स्टेशनहरू, राडार स्थापनाहरू र गोलाबारुद डिपोहरू ध्वस्त पारेको छ।
रुसी आक्रमणको प्रतिबाद गर्दै युक्रेनले सोही दिन १७८ वटा रूसी ड्रोनहरू खसालेको छ। रुसी वायु रक्षा एकाइहरूले सोही अवधिमा सात युक्रेनी बम, रकेट र १०३ फिक्स्ड-विङ ड्रोनहरू रोकेको मन्त्रालयले जनाएको छ।
युक्रेनको सशस्त्र बलको जनरल स्टाफले एक रिपोर्टमा भनेको छ कि युक्रेनको सेनाले ११ रूसी सेना र उपकरण केन्द्रहरूमा प्रहार गरेको छ।
यसबाहेक युक्रेनको वायुसेनाले स्थानिय समय अनुसार सोमबार साढे ४ बजे देखि २६७ रूसी-प्रक्षेपित ड्रोनहरू मध्ये १७८ लाई गोली हानेको रिपोर्ट गरेको छ।
युक्रेनको संसदले मंगलबार नोभेम्बर ५ सम्म मार्शल ल र परिचालनलाई विस्तार गर्ने र ओटावा कन्भेन्सनमा देशको सहभागितालाई अस्थायी रूपमा निलम्बन गर्ने निर्णय गरेको छ। जुन अन्तर्राष्ट्रिय सन्धि हो जसले एन्टी-पर्सनल ल्याण्डमाइनको प्रयोगलाई निषेध गर्दछ ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई शान्ति वार्ताको लागि ५० दिनको अल्टिमेटम प्रस्ताव गरेपछि कूटनीतिक तनाव बढेको छ। यदि वार्ताका लागि तयार नभए ट्रम्पले रुसमाथि गम्भीर कर लगाउने धम्की दिएका छन्।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया