बिएल संवाददाता
प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई नेतृत्व हस्तान्तरण गर्न नसक्ने बताएका छन्।
बिहीबार युट्युबमा सार्वजनिक पत्रकार विजय कुमारसँगको एक अन्तर्वार्तामा ओलीले भण्डारीसँग लिडरसिपमा बसेर काम गरेको संगठनात्मक कुनै अनुभव नरहेको टिप्पणी गरे।
अहिलेका गतिविधिहरू कतै विद्या भण्डारी र तपाईंबीच उहाँलाई नेतृत्व हस्तान्तरणका लागि ओलीले जानीबुझी लिएको रणनीति न हैन? भन्ने विजयकुमारको प्रश्नमा भण्डारीलाई नेतृत्व हस्तान्तरण गर्न नसकिने स्पष्ट जवाफ दिएका हुन्।
उनले भने, ‘अहिले उहाँलाई नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन। किनभने एक त उहाँ राजनीतिमा आउनुहुन्छ भनेर पार्टीले त्याे ठानेको, मानेको अवस्था नै छैन। दोस्रो, उहाँ पार्टी काम छोडेर धेरै वर्ष बाहिर जानुभएको छ! पहिले पनि लिडरसिपमा बसेर काम गरेको संगठनात्मक अनुभव त्यस्तो उहाँसित छैन।’
ओलीले भण्डारीलाई एमालेमा भित्र्याउने विषयमा पार्टीले छलफल गर्नुपर्ने जिकिर गरे। उनले भण्डारीले एमालेमा फर्किनेबारे आफूसँग अहिलेसम्म कुनै सल्लाह नगरेको दाबी गरेका छन्।
उनले भने, ‘उहाँले अरुसँग मलाई थाहा छैन, मसँग कुनै सरसल्लाह गर्नुभएन र पार्टीमा आधिकारिक ढंगले लिखित, मौखिक सरसल्लाह केही गर्नुभएन।’
भण्डारीको विषयमा एमालेले औपचारिक निर्णय गर्छ? भन्ने प्रश्नमा ओलीले भने, ‘निर्णय त गर्नैपर्छ। उहाँले प्रश्न उठाएपछि र म आउँछु भनेपछि उहाँले नैतिकरूपमा आउनु हुन्छ कि हुँदैन, गणतन्त्रमा के असर पर्छ, समाजमा, पोलिटिक्समा, व्यवस्थामा र उहाँकै जीवनमा यसले के असर पर्छ, यी सबै कुरा सोचेर उहाँलाई दिनुपर्ने सुझाव वा उहाँमाथि गर्नुपर्ने निर्णय पार्टीले गर्न त गर्छ नै।’
ओलीले थपे, ‘त्यो हेर्नुपर्छ, सल्लाह गर्नुपर्छ। उहाँले आफैंले विचार गर्नुपर्छ। खोइ के बोलिराख्नुभएको छ हामीले पनि जानकारी प्राप्त गरेका छौं सार्वजनिकरूपमा उहाँले बोलेका कुराहरू, आउँछु भनेका कुराहरू हामीले उहाँसँग सोध्नुपर्छ।
कहिलेसम्ममा निर्णय गर्छ? भन्ने विजय कुमारको प्रश्नमा ओलीले भने, ‘धेरै ढिला त गर्दैनौं।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया