बिएल संवाददाता
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसँग नेपालका लागि चीनका राजदूत चेन सङले शिष्टाचार भेट गरेका छन्।
बिहीबार मन्त्रालयमा भएको भेटमा बाढीले क्षतिग्रस्त बनाएको स्याफ्रुबेसी-रसुवागढी सडक तथा सीमा पुल निर्माणलगायतका विषयमा छलफल भएको हो।
भेटका क्रममा क्षतिग्रस्त सडक तथा पुलको पुनर्निर्माणमा चिनियाँ पक्षले चासो देखाएको छ। सीमापुल भएको स्थानमा जतिसक्दो छिटो अस्थाई पुल बनाउन चिनियाँ पक्षबाट प्रतिवद्धता आएको छ।
यसैगरी चिनियाँ सहयोगमा सञ्चालित अन्य आयोजनाहरू टोखा-छहरे सुरुङमार्ग, हिल्सा-सिमिकोट सडक, खाँदबारी-किमाथांका सडक लगायतका विषयमा पनि छलफल भएको थियो। छलफलमा राजदूत चेनले काठमाडौंको चक्रपथ दोश्रो खण्ड विस्तारको काम छिटै सुरु हुने बताए।
भेटपछि मन्त्री दाहालले नेपालको विकासमा चीनले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरे। आगामी दिनमा नेपाल र चीनबीच रहँदै आएको सहकार्य अझ प्रगाढ बन्ने विश्वास समेत व्यक्त गरे।
छलफलमा सहभागी मन्त्रालयका सचिव केशवकुमार शर्माले बाढी क्षतिग्रस्त बनाएको सीमापुल रहेको स्थानमा दशैं अघिनै पुल निर्माण हुने अपेक्षा छ।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया